विन्डोज टेन प्रयोगकर्ताहरुको गोपनीयता खतरामा

माइक्रोसफ्टको एउटा फिचरले लाखौं प्रयोगकताहरुको गोपनीयता खतरामा पर्ने अवस्था आएको छ ।
माइक्रोसफ्टको केही महिनाअघि सार्वजनिक अपरेटिङ स्टिम ‘विन्डोज १०’ मा बिल्ट–इन एनक्रिप्सन फिचर राखिएको छ ।

यो फिचरले तपाईँको ‘रिकभरी की’ लाई माइक्रोसफ्टको सर्भरमा अपलोड गरिदिन्छ । जसले सुरक्षा तपाईंको कम्प्युटर र डाटाको असुरक्षा बढाउन सक्छ । विन्डोज १० राखिएको नयाँ डिभाइसमा यो एनक्रिप्सन फिचर शुरुबाटै अन रहेको हुन्छ ।
यो फिचर डिभाइसमा धेरै काम लाग्ने हुँदाहुँदै पनि प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय पनि बन्न सक्छ । यो फिचरले तपाईंको डाटा कम्प्युटरमा सुरक्षा रहने सुनिश्चित
गर्छ ।

तर, हालै सार्वजनिक एक रिपोर्ट अनुसार यही उत्कृष्ट फिचर तपाईंलाई ठूलो नोक्सानी पुर्या‍उने कारक पनि बन्न सक्छ ।

द इन्टरसेप्टको रिपोर्ट अनुसार यदि तपाईंले माइक्रोसफ्ट एकाउन्ट (आउटलुक/लाइभ मेल) मार्फत विन्डोज १० मा साइन गर्नुभयो भने माइक्रोसफ्टले तपाईंको डिस्क एनक्रिप्सनको स्टोर गर्छ ।

यदि कुनै व्यक्तिले तपाईंको माइक्रोसफ्ट एकाउन्ट ह्याक गर्यो‍ भने तपाईंको एकाउन्टका रिकभरी विवरण सजिलै हासिल गर्न सक्छ । यदि ह्याकरले माइक्रोसफ्टको सर्भरलाई ह्याक गरिदियो भने त्यो बेलामा तपाईंको गोपनीयता जोखिममा पर्नेछ ।

यसका अलावा अन्य कयौं उपाय लगाएर ह्याकरले तपाईंको कम्प्युटरको रिकभरी ‘कि’  सजिलै प्राप्त गर्न सक्छ । रिपोर्टमा उल्लेख भए अनुसार जो व्यक्तिले आफ्नो संस्थाको इमेल एड्रेस साइन गर्छ, ती व्यक्तिको कम्प्युटरको की पनि माइक्रोसफ्टको सर्भरमा सेभ गर्ने गरिन्न ।

यो खतराबाट कसरी जोगिने ?

तपाईं आफ्नो माइक्रोसफ्ट एकाउन्ट लग इन गरेर तपाईंको ‘कि’ माइक्रोसफ्टको स्टोरमा सेभ भए नभएको हेर्न सक्नुहुन्छ ।

तपाईं यो कि लाई एकाउन्टबाट डिलिट गर्न सक्नुहुन्छ । माइक्रोसफ्टका अनुसार यसो गर्दा सर्भरबाट ‘कि’ को सबै कपी हटाइने छ ।
जो प्रयोगकर्ताको माइक्रोसफ्ट एकाउन्टमा ‘कि’ देखिँदैन, उनीहरुले यो प्रक्रियामा जानै पर्दैन । लग इनका लागि माइक्रोसफ्ट एकाउन्ट प्रयोग नगर्ने तथा जसको डिभाइसमा एनक्रिप्सन छैन, उनीहरुले पनि यो प्रक्रियामा जानुपर्दैन ।

यदि एनक्रिप्सन अन छ भने डिभाइस सेटिङमा गएर पनि यसलाई अफ गर्न सकिन्छ । डिभाइस सेटिङमा गएर पनि एनक्रिप्सन अन देखिएको छैन भने ती प्रयोगकर्ताले चिन्ता गर्नै पर्दैन ।

डिभाइस एनक्रिप्सनका लागि जरुरी टिपिए (ट्रस्टेड प्लेट फर्म मोड्युल) नभएको डिभाइस प्रयोगकर्ताले पनि टाउको नदुखाए हुन्छ ।

विन्डोज प्रो र विन्डोज एन्टरप्राइज युजर्सले नयाँ की बनाउनका लागि बिट लकर या थर्ड पार्टी टुल्सलाई प्रयोग गर्न सक्छन् । युजर्सले आफ्नो नयाँ कीलाई कि त प्रिन्ट गरेर राख्नु उपयुक्त हुन्छ कि त युएसबीमा सुरक्षितसाथ राख्नुपर्ने हुन्छ ।

0 टिप्पणियाँ

Write Down Your Responses