भारतद्वारा नाकाबन्दी गर्ने तयारी
सीमावर्ती नेपाली भूभागमा भएका हिंसात्मक गतिविधिबारे राजदूत रणजित रायले ब्रिफिङ गरेपछि सीमावर्ती क्षेत्रमा यस्तै अस्तव्यस्त स्थिति रहे बिहार राज्यको आसन्न चुनावको कारण देखाउँदै आगामी साताबाटै बिहार तथा उत्तर प्रदेशका नेपालसँग जोडिएका सबै आवतजावत नाका बन्द गर्ने जनाइएको छ । यसमा पनि बिहार राज्यका रक्सौल–वीरगन्ज र जोगबनी–विराटनगर नाका तत्काल बन्द गर्नेसम्मको तयारी भइरहेको जनाइएको छ । यसबाहेक झन्डै ६ सय २५ किलोमिटर लामो सीमावर्ती क्षेत्र रहेको बिहार–नेपाललाई सबैभन्दा ‘संवेदनशील र अवाञ्छित आवतजावत’ को विन्दु भन्दै भारतीय गृह मन्त्रालयले थप सीमा सुरक्षा बल तैनाथ गराउन बिहार राज्य सरकारलाई निर्देशन दिइसकेको प्रकाशमा आएको छ ।
विदेश मन्त्रालयको विज्ञप्तिमा सीमावर्ती नेपाली क्षेत्रमा देखिएको असहज स्थिति र सिंगो नेपालले भोगेको समस्या ‘राजनीतिक प्रकृति’ को भएकाले शक्ति प्रयोगबाट यसको समाधान नहुने दाबी छ।
अहिले नेपालमा जारी संविधानमा मधेसी/थारू समुदायको प्रतिनिधित्व नरहेकाले यो संविधानको स्वागतसमेत गर्न नचाहेको भारतले नेपालले उठाउँदै आएको लिपुलेकसहितका सीमा–अधिकार मामिलालाई समेत अहिलेको सरोकारमा जोडेर हेर्न चाहेको एक कूटनीतिक अधिकारीले बताए।


0 टिप्पणियाँ
Write Down Your Responses