भारतद्वारा ग्यास तेल आपूर्ति बन्द -घुँडा टेकाएरै छाड्ने मधेसी नेताको भनाई

आफ्नो चासो सम्बोधन नभएकोमा असन्तुष्ट भारतले पेट्रोलिय पदार्थको आपूर्ति रोक्न थालेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले आफ्ना ट्यांकरको  सुरक्षा नहुँने अबस्था आएको भन्दै रोकेको छ । सोमवार सुरक्षाको कारण देखाउदै रक्सौलमा आएको तेलका ट्यांकर  रोकिएका थिए । स्रोतका अनुसार भारतले ग्यास बोकेको बुलेटलाई समेत रोक लगाएको छ। यसमा पनि सुरक्षाकै कारण देखाइएको छ । मधेश आन्दोलन भैरहदापनि नेपालतर्फका सुरक्षाकर्मी र आयल निगमको समन्वयमा सहज तेल आपूर्ति भएको थियो।सुरक्षाकर्मी र निगमका कर्मचारीको समन्वयमा राती विरगञ्जबाट तेल ल्याउने गरेका  थिए ।यसै बीच
नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले अबको मधेश आन्दोलन भारतसंग जोडिएका  सीमा र भन्सार नाका ठप्प पार्ने तर्फ केन्द्रित हुने बताएका छन् ।अहिलेको बन्द हडताल यथावत राख्दै अब भारतसंग जोडिएको मधेशका सबै सीमा नाका र भन्सार नाका ठप्प पार्ने गरि आन्दोलनलाइ चर्काउने बताए । सरकारले सेना र प्रहरीको आडमा मधेशबाट इन्धन लगायतका अत्यावश्कीय सामान पहाडमा ढुवानी गरिरहेको भन्दै उनले अब आमहड्ताललाई निरन्तरता दिदै भारतसंग जोडिएका मधेशका सैब सीमा र भन्सार नाका ठप्प पार्ने गरि आन्दोलन चर्काउने दावी गरे । भारतबाट काठमाण्डौ भित्रिने सवै सामानको ढुवानी ठप्प पार्ने स्वरुपको आन्दोलन भए मात्र सरकार र प्रमुख तीन दल मधेशीका सामु घुँडा टेकाउने  उनको भनाइ छ । उनले मधेशका माग सम्बोधन नभए सम्म आन्दोलन नरोकिने पनि स्पष्ट पारे । वार्ताको ढोका खुल्ला राख्दै आफुहरु आन्दोलनको रणभूमीमा रहेको भन्दै उनले तीन दलले जबरजस्ति बनाएको संविधान मधेशी जनाताले जलाएर अस्वीकार गरिदिएको बताए । यता तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जबर्जस्ती सविधान जारी गरेकोले  अब वार्ताको केही आवश्यकता छैन भनेका छन्। तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आज बिहान उनकै पार्टी कार्यालयमा भेट्न पुगेका प्रधानमन्त्री कोइरालालाई अध्यक्ष ठाकुरले समय धेरै अगाडि गईसकेको हुनाले वार्ताको औचित्य सकिएको बताएका छन्।

0 टिप्पणियाँ

Write Down Your Responses