स्वाभिमान र आत्मसम्मानमाथि प्रहार भए त्यसको प्रतिवाद गर्ने प्रचण्डको भनाई

काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतले नाकाबन्दी गरे पनि आत्तिन नहुने बताएका छन्।

उनले भने नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भनेर हामी आत्तिनु हुँदैन। हामी बीच दरो एकता आवश्यक छ। हामी सबै नेपाली एकजुट भएर परिस्थितिको सामना गर्नुपर्छ।'

 भारतीय शासकहरुलाई चित्त नबुझे पनि भारतीय जनता नेपाल र नेपालीको साथमा रहेको बताउँदै भने, 'नेपालको सार्वभौमिकतामाथि चुनौती दिने कुनै गतिविधि हामीलाई स्वीकार्य हुँदैन ।'

 उनले भारतसँग द्वन्द्व, असमझदारी तथा लडाइ झगडा गर्ने पक्षमा आफूहरु नरहेको बताउँदै भने, 'हाम्रो चाहना दन्द्व असमझदारी तथा लडाइ झगडा होइन। तर हाम्रो स्वाभिमान र आत्मसम्मानमाथि प्रहार हुन्छ भने त्यसको प्रतिवाद गर्न हामी तयार छौं।'
 उनले नेपालीको शीर झुक्न नदिने भीष्म प्रतिज्ञा गर्ने बेला आएको बताउँदै भने, 'यो निकै महत्वपूर्ण घडी हो । यतिबेला हामी सबै संयमपूर्वक परिस्थितिको सामना गर्नुपर्छ।'

0 टिप्पणियाँ

Write Down Your Responses