भारतको निर्देशनमा मधेसी मोर्चाका कार्यकर्ताले चीनको झण्डा जलाए

नेपालको नयाँ संविधानलाई स्वागत गरेको रिसमा मधेसी मोर्चाका कार्यकर्ताले सुनसरीमा चीनको राष्ट्रिय झण्डा जलाएका छन्।

मधेसलाई उपेक्षाा गरेर जारी गरिएको संविधानलाई चीनले समर्थन गरेर मधेसविरुद्ध लागेको आरोप लगाउँदै  मोर्चाका कार्यकर्ताले चीनको झण्डा जलाएका हुन् ।

वुधबार सुनसरी सदरमुकाम इनरुवामा भेला भएका मधेसी मोर्चाका कार्यकर्ताले चीनविरुद्ध नाराबाजी गर्दै प्रदर्शनसमेत गरे।

मधेसी समुदायको हक अधिकार कुण्ठित हुने गरी जारी गरिएको संविधानलाई समर्थन जनाएका कारण चीनको झण्डा जलाइएको संयुक्त मधेसी मोर्चा सुनसरीका सचिव सन्तोष मेहताले बताए।

उनीहरुले चीन विरुद्ध नारावाजी गर्दै सडकमा प्रदर्शनसमेत गरेका थिए।  चीनको झाण्डा जलाउनु अगाडी सद्भावना पार्टीको कार्यालयबाट निस्केको विरोध जुलुसले नगरको विभिन्न स्थानमा परिक्रमा गरेको थियो।
मोर्चाका स्थानीय नेता मनोज यादवले मधेसविरुद्ध जारी संविधानलाई चीनले समर्थन गरी तीन दलकै समर्थनमा लागेपछि चीनविरुद्ध आवाज उठाइएको बताए । मोर्चाका कार्यकर्ताहरुले हातमा कालो पट्टी बाँधी लाठी बोकेर प्रदर्शनमा उत्रिएपछि स्थानीयवासिन्दा त्रसित बनेका छन् ।

नेपालको संविधान केही सिमित व्यक्तिले जारी गरेको र त्यसमा चीनले समर्थन गर्नु गलत भएकाले चीन सरकार पनि मधेश विरद्ध लागेको मोर्चाका स्थानिय नेताहरुको आरोप छ ।तथापी केहि बिस्लेशकहरुले भारतको निर्देशनमा चीनको झन्डा जलाइएको हो भनेका छन्।

0 टिप्पणियाँ

Write Down Your Responses