गुन्डा नाइके गणेश लामाले अपहरण गरी ४० लाख रुपैयाँको कागज गराए
काठमाडौं – गुन्डा नाइके गणेश लामाले एक व्यवसायीलाई अपहरण गरी ४० लाख रुपैयाँको कागज गराएका छन् । प्रहरीले उनका एक सहयोगीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले लामाका सहयोगी विक्रमजित लामालाई पक्राउ गरेको छ । नाइके लामा भने भागेर विदेश पुगेका छन् । जग्गा कारोबारसम्बन्धी विवादमा लामाले ३० साउनमा भैंसेपाटीबाट एक व्यवसायीलाई अपहरण गरेर कोटेश्वरस्थित आफ्नो घरमा ल्याएका थिए । पेस्तोल देखाएरर उनले ४० लाखको कागज गराएको प्रहरीले जनाएको छ ।


0 टिप्पणियाँ
Write Down Your Responses