नेपालको प्रधानमत्रीले भारतीय राजदुत रंजितसँग कडा प्रतिक्रिया जनाउने
काठमाडौं: बुधबार बिहान काठमाडौं उत्रेका भारतीय राजदूत रञ्जित रे विमानस्थलबाट सिधै प्रधामन्त्री निवास वालुवाटारमा पुगेका छन्। नयाँ संविधान जारी भएपछि सोमबार बिहान रे दिल्ली गएका थिए। उनले भारतीय सरकारको सन्देश बोकेर प्रधानमन्त्रीकहाँ पुगेको स्रोतले बताएको छ।
भारतले नेपालको संविधानमा असन्तुष्ट व्यक्त भएपछि उत्पन्न असमझदारी, मधेस आन्दोलन लगायतका विषयमा प्रधानमन्त्रीसँग रे ले छलफल गर्ने बुझिएको छ। नेपालको संविधान जारी भएपछि भारतले २४ घन्टाभित्र दुईवटा विज्ञप्ती निकालेर असन्तुष्टो व्यक्त गर्दै नाकाबन्दीको समेत धम्की दिएपछि भारतीय शासकविरुद्ध नेपाली जनता आक्रोशित भएका छन्। तीन दलको मंगलबार बेलुका बालुवाटारमा बसेको बैठकले पनि भारतले यसरी विज्ञप्ती निकालेर असन्तुष्टी जनाउनु गलत भएको ठहर गरेका थिए।
यसबारेमा प्रधानमन्त्रीले रेसँग कडा प्रतिक्रिया जनाउने र यस्तो व्यवहार नदोहोर्याउन सुझाव दिने बुझिएको छ। नेपालमा नयाँ सविधान बनेर नेपालमा खुसीयाली मनाइरहेका बेला भारतले देखाएकाे नकारात्मक प्रतिक्रिया र व्यवहारको सामाजिक सञ्जाल र नागरिक स्तरमा व्यापक आलोचना भएपछि भारतीय संस्थापन यसमा केही नरम हुने संकेत देखाएको छ।


0 टिप्पणियाँ
Write Down Your Responses