बिना लगानी Google बाट कसरी पैसा कमाउने ? जानी राखौ ।
Google Adsense विज्ञापनदाताहरुले दिएको विज्ञापनलाई प्रचारप्रसारको क्रममा विभिन्न इन्टरनेट माध्यमहरुबाट जनमानसमा पुर्याउने माध्यम हो । जसले वेवसाइट तथा ब्लग धनीहरुलाई Adsense बाट संकलित विज्ञापनहरु आफ्ना साइट तथा ब्लगहरुमा राख्ने अनुमति दिने कार्य गर्दछ ।तपाइको ब्लग हेर्ने व्यक्तिले तपाइको ब्लगमा रहेको बिज्ञापन क्लिक गरि हेरे बापात तपाईको कमाई शुरु हुन्छ । यसरी आम्दानी बढ्दै एकसय डलर पुगेपछि गुगलले चेक पठाउने गर्दछ । जुन चेक तपाईंले आफ्नो बैंक खातामा जम्मा गर्न सक्नु हुने छ । वेस्टर्न युनियन बाट पनि सिधै प्राप्त गर्न सकिन्छ ।
एडसेन्स एकाउन्ट खोल्नका लागि वेवसाइट तथा ब्लग हुनु पर्दछ।१. http://www.blogger.com/ मा जानुहोस।
२. तपाइको gmail account छ भने आफ्नो username र password राखी sign in गर्नुहोस।
३. Gmail account छैन भने Create an account मा जानुहोस र त्यहाँ दिएको form मा सम्पूर्ण विवरण भरि account create गर्नुहोस।
४. अब ब्लग create गर्नुहोस ।
५. अब तपाइको (content) सामग्री पोस्ट गर्नुहोस।
६. अंग्रेजी भाषाका सामाग्रीहरु राख्नुहोस अंग्रेजी भाषाका सामाग्रीहरु भएको ब्लगमा एडसेन्स एकाउन्ट एप्रुभ हुन सजिलो र छिटो हुन्छ । एप्रुभ भएपछि नेपाली युनीकोड प्रयोग गरी आफ्नै भाषामा पनि चलाउन सकिन्छ ।
७. केहि दिन सम्म ब्लग प्रचारप्रसार गरी साइट भिजिटर बढाउने काम गर्ने साथै content हरु पोस्ट गरिरहनुस।
८. अब एड्सेन्स एकाउण्ट खोल्नुहोस ।
९. http://www.google.com/adsense मा जानुहोस।
१०. Get started now मा क्लिक गर्नुहोस ।
११. Yes, proceed to Google Account sign in मा जानुहोस।
१२. username र password राखी google AdSense पेजमा जानुहोस र सम्पूर्ण विवरण भर्नुहोस्।
१३. केहि दिन पछि तपाइको google AdSense account एप्रुभ हुन्छ ।
एडसेन्स एप्रोभ भइसकेपछि गर्नुपर्ने कामहरुः
१४. http://www.google.com/adsense मा जानुहोस र आफ्नो username र password राखी sign in गर्नुहोस ।
१५. My ads tabमा जानुहोस र google ads को type छानी Save and get code बटन थिच्नुहोस।
१६. अब चित्रमा देखाए जस्तै google code लाई कपि गर्नुहोस र तपाइको ब्लगमा पेस्ट गर्नुहोस।
ब्लगमा पेस्ट गर्ने तरिका
१७. http://www.blogger.com/ मा जानुहोस।
१८. तपाइको आफ्नो username र password राखी sign in गर्नुहोस ।
१९. Layout अप्सनमा जानुहोस र Add a Gadget Tab मा क्लिक गर्नुहोस ।
२०. HTML/JavaScript अप्सनमा क्लिक गर्नुहोस ।
२१. अब कपि गरिएको google code लाई चित्रमा देखाएको जसरी पेस्ट गर्नुहोस र save बटन थिच्नुहोस।
२२. अब तपाइको ब्लगमा गूगलको बिज्ञापन १० मिनेटस पछि देखिने छ।
1 टिप्पणियाँ
Write Down Your Responses


.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
4 दिसंबर 2015 को 6:46 am बजे
ok