यौन शक्ति बढाउने अचुक उपायहरु जान्नुहोस

के तपाईको यौन शक्ति कमजोर छ र तपाईले आफ्नो जीवनसाथीलाई यौन सन्तुस्टी दिन सक्नु भएको छैन? आउनुहोस यौन शक्ति बढाउने उपायहरूबारे जानी राखौ ।





१. दिमागलाई चिन्ता बाट मुक्त गर्नुहोस
के होला कसो होला भन्ने डर र  चिन्ताबाट मुक्त रहनुहोस । आफ्नो दिमागलाई दबाब नदिनुहोस।

२.  कन्डमको  प्रयोग गर्नुहोस
"द जर्नल अफ  सेक्शुअल मेडिसिन" को अनुसार जो पुरुष कन्डमको प्रयोग गर्छन उनीहरु धेरै समय सम्म यौनसुखको आनन्द उठाउन सक्दछन।


३. ब्यायाम गर्ने गर्नुहोस
यौन क्रियामा धेरै शक्ति र मेहेनतको आवश्यकता पर्दछ । दैनिक व्यायाम गर्ने गर्नुहोस, ब्यायामले तपाइको  स्टैमिना बढाउने काम मात्र गर्दैन यसले रक्त संचालनमा धेरै मद्दत गर्दछ।

४. जाँड रक्सिबाट टाढा रहनुहोस
यदि तपाई सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने जाँड रक्सिबाट टाढा रहनुहोस ।यसको सेवनले शरीर कम्जोर बनाउछ ।जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ।  यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण जाँड रक्सीको सेवन पनि हो ।

५. प्रशस्त प्रोटिन भएको खानेकुरा खानुहोस
धेरै प्रोटिनको मात्रा भएका खानेकुरा खानुहोस ।अन्डाको सेतो भाग , दुध ,दुधबाट बनेका अरु खानेकुराहरु, माछा, कुखुराको मासु आदिमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ ।

६. संतुलित आहार खानुहोस
आफ्नो यौन शक्ति बढाउनको लागि खानपिनमा बिशेष ध्यान दिनुहोस । कम बोसोयुक्त खानेकुरा मात्र खानुहोस ।फलफुल र सागसब्जी बढीमात्रामा खानुहोस ।यसले तपाईको शरीर स्वस्थ रहनछ अनि तपाईको शारीरिक र मानसिक शक्ति बढ्दछ ।

७. तनावबाट बच्नुहोस
सबै किसिमका तनाव बाट मुक्त रहनुहोस।धेरै तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शक्ति  कम गर्ने कारण मध्ये तनाव पनि  एक  हो । तनाव कम गर्न को लागि राम्ररी  निदाउन आवश्यक छ ।

0 टिप्पणियाँ

Write Down Your Responses