नयाँ संविधान प्रति बाबुराम भट्टराईको असन्तुस्टी

काठमाडौं : नयाँ संविधान जारी भएको उपलक्ष्यमा टुँडिखेलमा आयोजित वृहत् विजयसभामा एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई सहभागी भएनन्।
संवैधानिक तथा सम्वाद समितिका सभापतिका रुपमा संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बाबुरामले पछिल्ला दिनमा घुमाउरो रुपमा असन्तुष्टी देखाएका छन् । खासगरी छिमेकी मुलुक भारतको असन्तुष्टी प्रकट भएपछि उनी पनि संविधानको उत्सवमा खुल्न सकेका छैनन् ।


सोमबार  काभ्रे पुगेका बाबुरामले नयाँ संविधान आए पनि नाचगान र दिपावली गर्न आवश्यक छैन भनेर भाषण गरेका थिए। उनको यो भनाइको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो। इतिहासमा पहिलोपटक जनताका प्रतिनिधिले संविधान बनाउँदा पनि खुसी हुन नसक्ने बाबुरामको सानो चित्त भन्दै धेरैले फेसबुक तथा ट्वीटरमा प्रतिक्रिया जनाएको थिए। कुनै पनि हालतमा संविधान जारी हुनबाट रोक्न नसके पछि देश टुक्रिने धम्की दिएका बाबुराम टुँडिखेलमा आयोजित वृहत् विजयसभामा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ। केहि बिस्लेशकहरुले बाबुरामले मधेश ,थरुहट र जनजाती आन्दोलनलाई समर्थनको रुपमा वा  भारत प्रति बफादार रहेर भारतीयहरुलाई खुशी बनाउन  टुँडिखेलमा आयोजित वृहत् विजयसभामा सहभागी नभएको आरोप लगाएका छन् ।

0 टिप्पणियाँ

Write Down Your Responses