डेभिड बेक्ह्याम फुटबल खेल्न नेपाल आउँदै

काठमाडौँ : बेलायतका विश्वचर्चित बेलायती फुटबलर डेभिड बेक्हायम च्यारिटी फुटबल खेल्नका लागि नेपाल आउने भएका छन् ।

म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, लस एन्जल्स ग्यालेक्सी र पेरिस सेन्ट जर्मेनजस्ता चर्चित क्लबहरूबाट व्यवसायिक फुटबल खेलेर विश्वचर्चित बनेका फुटबल खेलेर युनिसेफका लागि रकम जुटाउन नेपाल आउन लागेका हुन् । बेलायको चर्चित पत्रिका सन्डे टाइम्सको अनलाइन संस्करणमा आइतबार प्रकाशित समाचार अनुसार उनी एक सातामा विश्वका सातवटा महादेशका विभिन्न देशहरूमा फुटबल खेल्ने यात्रामा निस्कने क्रममा नेपाल पनि आइपुग्ने भएका हुन् ।

सन्डे टाइम्सले लेखेको समाचार अनुसार बेकह्यामले नेपाल, ब्यूनर्स आयर्स, जिबुटी, मायामी, पपुवान्यूगिनी र अन्टार्टिकामा च्यारिटी फुटबल खेल्ने कार्यक्रम छ ।

विश्वयात्राका क्रममा उनले अन्तिम च्यारिटी खेल भने बेलायकै चर्चित क्लब म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा वर्ल्ड ट्राफोर्डमा खेल्ने छन् । जहाँ उनले आफ्नो फुटबल करियरको सबैभन्दा उर्जाशील ११ वर्ष बिताएका थिए ।

युनिसेफका लागि रकम जुटाउन उनले सात दिनमा सातवटा स्थानमा फुटबल खेल्ने तयारी गरिएको । बेकह्यामले गत वर्ष सेभेन नाम गरेको आफ्नो च्यारिटी संस्था खोलेको पनि घोषणा गरेका थिए ।

 बेक्ह्यामको फुटबल विश्वयात्रासँगै उनले खेल्ने खेललार्इ वृत्त चित्रमा पनि उतार्ने तयारी गरिएको छ । जसका लागि फिल्मकर्मीहरूको एक टोली पनि ती सातवटै स्थानमा पुग्नेछ । उनीहरूले बीबीसी विश्व सेवा र बीबीसी-१ का लागि करिब ९० मिनेट लामो वृत्त चित्र खिच्ने छन् ।

0 टिप्पणियाँ

Write Down Your Responses