चिनियाँ राष्ट्रपति नेपाल आउने

हङकङ – नयाँ वर्षको आरम्भसँगै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण विषयले पुनः चर्चा पाएको छ । तिब्बत रेलमार्ग काठमाडौंसम्म विस्तार गर्ने , तेलको पाइपलाइन जोड्नेलगायत केही महत्त्वपूर्ण विषयमा भइरहेको गृहकार्य निष्कर्षमा पुग्यो भने नेपाल– चीन सम्बन्धमा ब्रेक थ्रु हुने गरी राष्ट्रपति सी जिनपिङको भ्रमण आयोजना गर्ने बेइजिङले तयारी थालेको छ ।

बेइजिङमा गत साता विदेशमन्त्री तहमा भएको दुईपक्षीय वार्तामा उच्चस्तरीय भ्रमणको विषयले निकै महत्त्व पाएको थियो । चीनले प्रधानमन्त्री केपी ओलीलाई चाँडै चीन भ्रमण गर्न आमन्त्रण गरेको छ भने चीनबाट पनि उच्च भ्रमण हुने आश्वासन आएको छ।

0 टिप्पणियाँ

Write Down Your Responses