इजिप्टको सैन्य कारवाहीमा आतंकवादी ठानेर पर्यटकको हत्या

कायरो, भदौ २८ । इजिप्टको सुरक्षा बलले गरेको कारवाहीमा भूलवस १२ जनाको मृत्यु भएको जनाइएको छ ।
सैन्य अधिकारीका अनुसार आतंकवादी ठानेर गरिएको कारवाहीमा पर्यटकसहित १२ निर्दोष नागरिक मारिएका हुन् । सिरियाली गृह मन्त्रालयका अनुसार उनीहरु प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेपछि सुरक्षा बलले गोली चलाएको थियो ।
सैन्य कारवाहीमा मारिएकामध्ये मेक्सिकोका नागरिक पनि छन् । ती पर्यटक चारवटा बसमा सवार थिए । उनीहरु देशको पश्चिममा रहेको प्रतिबन्धित भूभागमा प्रवेश गरेका थिए ।
सैन्य कारवाहीमा कम्तीमा अन्य १० जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
गृह मन्त्रालयले घटनाको छानविन गर्न एउटा समिति गठन गरेको छ । (एजेन्सी)

0 टिप्पणियाँ

Write Down Your Responses