जोकोभिचलाई युएस ओपन उपाधि

काठमाडौं, भदौ २८ । वर्षको अन्तिम ग्रान्ड स्लाम ‘युएस ओपन’ टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको उपाधि विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिचले हासिल गरेका छन् ।
सर्बियाका जोकोभिचले विश्व नम्बर २ फेडेररलाई ३–१ सेटमा पराजित गरेका हुन् । स्विटजरल्याण्ड फेडेररलाई पराजित गर्ने क्रममा जोकोभिचले ६–४, ५–७, ६–४ र ६–४ को नतिजा निकालेका थिए ।जोकोभिचको यो दशौं ग्राण्ड स्लाम हो भने युएस ओपन उपाधि दोस्रो पटक हासिल गरेका हुन् ।
जोकोभिचले यसै वर्षको विम्बल्डन फाइनलमा पनि फेडेररलाई पराजित गरेका थिए । (एजेन्सी)

0 टिप्पणियाँ

Write Down Your Responses