गुन्डा नाइके पञ्चेको आत्मसमर्पण
काठमाडौं : गैह्रकानुनी कार्यमा संलग्नविरुद्ध प्रहरी कडारुपमा प्रस्तुत हुन थालेपछि काठमाडौंका गुन्डा नाइकेले आत्मसमर्पण गर्न थालेका छन् ।
गुन्डा नाइके पन्चे लामाले बुधबार आत्मसमर्पण गरेका हुन् । एक वर्षअघि प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरीनिकट लामाले आत्मसमर्पण गरेपछि महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको थियो ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम कार्कीले गुन्डा नाइके लामाले बुधबार ललितपुरमा आत्मसमर्पण गरेपछि सिंहदरबार परिसरमा राखिएको जानकारी दिए ।
ज्यान मार्ने उद्योग, हातहतियार र अपहरण मुद्दामा फरार रहेका लामा कुमार घैंटे मारिएपछि आत्मसमर्पण गर्ने चर्चित गुन्डा हुन् ।
चरी मारिएपछि पञ्चे पछिल्लो समय कुमार घैंटेसँग निकट थिए । पञ्चेले प्रहरी इन्काउन्टरमा पर्ने डरले आत्मसमर्पण गरेको बताइएको छ ।
समाचार स्रोत: अन्नपुर्ण


0 टिप्पणियाँ
Write Down Your Responses