३६८ पदको लागी २३ लाख जनाको आवेदन
भारतको धेरै जनसंख्या भएको राज्य उत्तर प्रदेशको एक सरकारी कार्यलयको लागी ३६८ जनाको लागी आवेदन माग गरिएकोमा २३ लाख जनाले आवेदन दिएका छन्। तल्लो तहको पदको लागि खोलिएको आवेदनमा प्राथमिक तहको शिक्षा र साइकल चलाउन सक्ने योग्यता भएको व्यक्ति माग गरिएको थियो । तर दशौ हजार Graduates र Doctorate डिग्री शैक्षिक योग्यता भएका व्यक्तिहरुले पनि आवेदन दिएका छन् । आवेदन दिने मध्य २५५ PhD गरेका र १५२,००० graduates.गरेका रहेका बताइएको छ । एक अधिकारीका अनुसार सबैको अन्तर्वार्ता लिनलाई ४ बर्ष लाग्ने बताएका छन् ।


0 टिप्पणियाँ
Write Down Your Responses