एनसेलको लगानीकर्ता टेलियासोनेरा सम्पूर्ण लगानीसहित नेपाल बाट फिर्ता हुने

काठमाडौं – निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवाप्रदायक एनसेलको मातृकम्पनी टेलियासोनेरा नेपालबाट बाहिरिने भएको छ । आर्थिक वर्ष ०६९÷७० देखि लगातार सरकारलाई सबैभन्दा धेरै राजस्व तिर्न सफल एनसेललगायत युरेसियामा लगानी रहेका सबै कम्पनीबाट टेलियासोनेरा बाहिरिन लागेको हो । युरोप र स्वीडेनमा लगानी बढाउने तथा सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने उद्देश्यले बिहीबार टेलियासोनेरा बोर्ड बैठकले यस्तो निर्णय लिएको हो ।

नेपाल, काजकिस्तान, उज्वेकिस्तान,अजरबैजान, माल्दोभा र ताजिकिस्तानबाट उसले लगानी फिर्ता लैजानेछ । आजको कारोबार दैनिकमा खबर छ ।

0 टिप्पणियाँ

Write Down Your Responses