थाइ एयरवेजको विमान अवतरण गर्ने क्रममा आगलागी
काठमाडौं, असोज १ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा थाइ एयरको जहाजको चक्कामा आगो लागेको छ ।
बैंककबाट आएको थाई एयरको विमान शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्नेक्रममा पछाडिको बायाँ चक्कामा आगो लागेर धुवाँ निस्केको थियो । विमानका सबै यात्रु भने सकुशल रहेको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।
चक्कामा आगो लागेको थाहा पाएपछि विमानस्थल प्रशासनले तत्कालै सबै यात्रुलाई ओरालेको हो । एक सयभन्दा बढी यात्रु बोकेर काठमाडौं आएको विमान अवतरण गर्ने क्रममा एक्कासि चक्कामा आगो लागेको थियो । विमानस्थलका प्राविधिकले चक्कामा लागेको आगो निभाएका थिए ।
विमानस्थल स्रोतका अनुसार जहाजको चक्कामा आगो लागेपछि केहिबेर विमानस्थलमा खैलाबैला मच्चिएको थियो ।


0 टिप्पणियाँ
Write Down Your Responses