नयाँ संविधानको प्रमाणीकरण सम्पन्न , अब घोषणा मात्रै बाँकी
काठमाडौं : नेपालको नयाँ संविधान २०७२ को प्रमाणीकरण भएको छ। संविधानसभाले अत्यधिक बहुमतले पारित गरेको नयाँ संविधानमा सभासद्हरुले हस्ताक्षर गरेपछि सभाध्यक्ष सुवास नेम्वाङले शुक्रबार अपरान्ह प्रमाणीकरण गरेका हुन्।
प्रमाणीकरणपछि संविधानले वैद्यानिकता प्राप्त गरेको छ। अब यसको औपचारिक घोषणा मात्र बाँकी छ, जुन असोज ३ गते पाँच बजे संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहमा राष्टपतिबाट हुनेछ। त्यसैदिनदेखि संविधान लागु हुनेछ ।


0 टिप्पणियाँ
Write Down Your Responses