निर्माणाधीन घर २ तला बढी बनाउन नपाइने
सरकारले नयाँ भवन निर्माण प्रक्रियामा रोक लगाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आगामी असार मसान्तसम्म नक्सा पास नगर्न र पास गरेर भवन निर्माणको तयारी थालेकालाई पनि रोक्न सबै नगरपालिका र जिविसहरुमा परिपत्र गरेको हो ।
मन्त्रालयका प्रवत्ता पूर्णचन्द्र भट्टराईले ईकान्तिपुरसित भने, ‘अहिलेको नीति पुनरावलोकन गरी नयाँ नीति अपनाउनुपर्ने देखिएकाले केही समयका लागि रोक लगाउने तयारी भएको हो ।’
प्रक्रियामा रहेका नक्सापासका निवेदनलाई पनि अघि नबढाउन मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले नक्सापास गरी निर्माण थालिसकेका घरलाई २ तलाभन्दा बढी बनाउन नदिन अाफू मातहतका कार्यालयलाई निर्देशन दिएकाे छ ।



0 टिप्पणियाँ
Write Down Your Responses