ज्योतिषका नाउँमा त्रास फैलाउनेलाई कारवाही माग

काठमाडौं—सूचना तथा सञ्चार मन्त्रालयले भूकम्पका कारण उत्पन्न महाविपत्तिको वर्तमान अवस्थामा ज्योतिषी एवम् भविष्यवेत्ताको हवाला दिँदै केही पत्रपत्रिका र सामाजिक सञ्जालमा छापिएका समाचार कपोलकल्पित एवम् भ्रामक भएको भन्दै त्यस्ता सामग्रीको विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
उक्त मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भूकम्पको पीडाबाट पिरोलिएका सर्वसाधारणलाई थप पीडा हुने किसिमका अनर्गल समाचार प्रकाशन प्रसारण नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

साथै उक्त मन्त्रालयले जनजीवनलाई आतङ्कित पार्ने त्यस्ता सामग्री प्रकाशन एवम् प्रसारण गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयलाई समेत अनुरोध गरेको छ। रासस

0 टिप्पणियाँ

Write Down Your Responses