जोमसोममा जमिन भासिन थाल्यो, १६ वटा घर ढले
मुस्ताङ सदरमुकाम जोमसोम आसपासका क्षेत्रमा धमाधम जमिन थासिन थालेपछि जनजीवन त्रसित बनेको छ ।
मंगलबार बिहानै देखि जमिन भासिन थालेपछि जोमसोमस्थित कालीगण्डकी आसपास क्षेत्रका करिब १६ वटा घर ढलेका छन् । ति घरहरुमा पूर्ण रुपमा क्षति पुगेको छ ।
कुनै धक्का महसुस बिना नै जमिन भासिन थालेका छन् । ‘यो क्रम अझै रोकिएको छैन्, निरन्तर जमिन भासिन थालेपछि यहाँ ठुल्ठुला प्वालहरु देखिन थालेका छन्।
शनिबार आएको महाभुकम्पमा कारण केहि घरहरुमा क्षति पुगेको जिल्लामा मंगलबार बिहानै देखि एक्कासी जमिन भासिन थालेपछि सदरमुकाम जोमसोम उच्च जोखिममा परेको छ ।
जमिन भासिएपछि जोमसोमलाई जोड्न कालीगण्डकी माथि निर्माण गरिएको काठको झोलुङ्गे पुल क्षतिग्रस्त बनेको छ ।
त्यहाँबाट सर्वसाधारण आवतजावत गर्न सक्ने अवस्था छैन । जिल्लाको उपल्लो क्षेत्रमा जाने सर्वसाधारणले त्यही पुलको प्रयोग गर्न भएकोले पुल जीर्ण बनेसंगै स्थानीयलाई शास्ती पुगेको छ ।
भुकम्पका कारण यसअघि नै जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरिक्षकको कार्यकक्ष र सशस्त्र प्रहरीको भवन भत्किएको छ ।


0 टिप्पणियाँ
Write Down Your Responses