चार दिनमा ७०० भन्दा बढी साना ठुला भूकम्प
शनिबारदेखि मंगलबारसम्म ४ रेक्टरस्केल भन्दा ठुला भूकम्प १०१ पटक गएका छन् । गोर्खाको बारपाक केन्द्रविन्दु बनेर शनिबार ११:५६ मा गएको भूकम्प ती मध्ये सबैभन्दा ठुलो हो। शनिबार देखि मंगलबार राति सम्म ४ रेक्टर स्केलभन्दा साना भूकम्प ६०० भन्दा बढी गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्प विद उमेश प्रसाद गौतमले जनाएका छन् ।
४ रेक्टर स्केल भन्दा माथिको भूकम्प कुन बार कति पटक:
.शनिबार- ३९ पटक
.आइतबार- ३८ पटक
.सोमबार- १३ पटक
.मंगलबार- ११ पटक
४ रेक्टरस्केलभन्दा साना भूकम्प ६०० पटक भन्दा बढी।


0 टिप्पणियाँ
Write Down Your Responses