भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा बार्साको शोक
एजेन्सी : शनिबार गएको महाभूकम्पमा ज्यान गुमाएका नेपालीको सम्झनामा विश्वचर्चित स्पेनिस क्लब बार्सिलोनाले शोक मनाउने भएको छ ।
विनाशकारी भूकम्पबाट ज्यान गुमाउने नेपालीको सम्झनामा बार्सिलोना फुटबल क्लबले आज राती हुने खेलअघि रंगशालमा एक मिनेट मौनधारण गर्ने भएको छ ।
भूकम्पबाट ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै बार्साले नेपाली समयअनुसार मध्यरी हुने खेलमा शोक मनाउने कार्यक्रम राखेको हो ।
फुटबल क्लब बार्सिलोनाका एक पधादिकारीले एनआरएन स्पेनका अध्यक्ष एकराज गिरीलाई फोन गरेर शोक मनाउने जानकारी गराएका हुन् ।
विश्वचर्चित खेलाडी लियोनेल मेस्सीसहितले खेल्ने बार्साले नेपाली समयअनुसार आज ११ बजेर ४५ मिनेटमा गेताफेबिरुद्ध ला लिगामा प्रतिस्पर्धा गर्दैछ ।


0 टिप्पणियाँ
Write Down Your Responses