दुई किशोरीमाथि एसिड हान्ने युवा पक्राउ
काठमाडौं: काठमाडौं वसन्तपुरमा दुई किशोरीमाथि एसिड आक्रमण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। लामो अनुसान्धापछि २२ वर्षीय जीवन विकलाई पक्राउ गरको हो। महानगरीय अपराध महाशाखा हनुमानढोकाका प्रमुख एसपी पुष्कर कार्कीले ती युवालाई काठमाडौंबाटै पक्राउ गरिएको पुष्टि गरे।
पक्राउ परेका युवालाई महानगरीय प्रहरी आयुक्तको कार्यालयमा आजै बिहान ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ।
ट्यूसन पढ्न गएका यी दुई किशोरीमाथि गत फागुन १० गते बिहानकाठमाडौंको वसन्पतपुरको झोंछेस्थित ए प्लस ट्यूसन सेन्टरमा बसिरहेका बेला एक युवाले एसिड हानिएको थियो। वसन्पतपुरको झोंछेस्थित ए प्लस ट्यूसन सेन्टरमा बसिरहेका दुई किशोरीमाथि एक युवाले एसिड हानेका थिए।


0 टिप्पणियाँ
Write Down Your Responses