झरना बज्राचार्य विवाह बन्धनमा
झरना-राहुल सेफ ल्यान्डिङ चलचित्र निर्माणका क्रममा साढे तीन वर्षअघि भेट भएका थिए। त्यसयता मलेसियामा रेष्टुराँ व्यापार गर्दै आएका राहुलको काठमाडौं आउजाउ बाक्लिएको थियो।
अहिले उनीहरु हनिमुनका लागि मुस्ताङतर्फ लागेका छन्। पोखरामा उनीहरुले होटल बाराहीमा एक रात बिताएका थिए।
सन् १९९७ की मिस नेपाल झरनाले 'कोही मेरो' सहित करिब तीन दर्जन नेपाली फिल्महरुमा अभियन गरेकी छिन्। उनको अभियनयका म्युजिक भिडियोलाई दर्शकले निकै मन पराउने गरेका छन्।



0 टिप्पणियाँ
Write Down Your Responses