अर्काकी पत्नीलाई आँखा लगाउँने सेनाका अमल्दार रोहित कुमार ओझाको ज्यान गयो

काठमाडौं: अर्काकी पत्नीलाई आँखा लगाउँदा नेपाली सेनाका अमल्दार रोहित कुमार ओझाको ज्यान गएको छ। जावलाखेल स्थित सेनाको आर्टिलरी निर्देशनालयमा दरवन्दी रहेका ओझा हराएको घटनामा अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो। 
 
बैतडी ग्वाल्लेक घर भएका ओझा फागुन १५ गते ब्यारेकबाट अल्का अस्पताल जान भनि निस्किएका थिए। उनी नफर्केपछि आफन्तले समेत पटकपटक मोबाईलमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि खोजतलासका लागि महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेका थिए। 
महाशाखाले ओझाले प्रयोग गर्ने मोबाईलको कलडिटेल हेर्दा तनहुँ राईपुरका रूद्र बहादुर थापासँग पटकपटक फोन सम्पर्क देखिएपछि बिहिबार उनलाई पक्राउ गरेको थियो। 
 
थापा पनि नेपाली सेनाकै श्री नाथ गण तनहुँमा कार्यरत सिपाही हुन्। थापाले बयानका क्रममा ओझालाई फागुन १५ गते नै शिवपुरी जंगलमा मारेर गाडी आएको बताएपछि ओझा मारिएको पुष्टी भएको थियो। 
 
महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार अनुसन्धानका क्रममा ओझाले थापाकी पत्नी (माया) नाम परिवर्तन सँग लामोसमयसम्म उठवस गरेपछि घटनाले हत्या गर्नेसम्मको मोड लिएको थियो। २०६६ मा थापा सिराहमा कार्यरत हुँदा उनकी पत्नी माया पनि सिराहमै गएकी थिईन्। 
 
ओझा सिराहमा परिक्षा दिन गएको बेला मायासँग परिचय गरेका थिए। ओझाले मायालाई आफुसँग सम्पर्क गर्न भन्दै छुट्टै एनसेलको सीमकार्ड समेत दिएका थिए। काठमाडौं फर्किएछि थापाले पत्नीलाई नेपालटारमा डेरा खोजी त्यही राखेर विदेश गएका थिए। 
 
महाशाखाका अनुसार विदेशबाट फर्किएर काठमाडौं मै सरूवा भएर आएपछि पत्नी मायासँग ओझासँगको सम्बन्धका बारेमा सोधपुछ समेत गरेका थिए। फागुन ९ गते ओझा, थापा र उनकी पत्नी भद्रकालीमा भेटेर सम्बन्धबारे कुरा उठाउँदा ओझाले मायालाई बहिनी भन्दै खुट्टा ढोगेका थिए। 
 
ओझाले बहिनी भनेर खुट्टा ढोक्दा पनि पत्नीमाथि शंकालु दृष्टीकोण त्याग्न नसकेका थापाको  मनमा भने मायाको चरित्रबारे धेरै कुरा खेलीरहेका थिए। 
 
पत्नी र ओझाको सम्बन्ध प्रति आशंकित भईसकेका थापाले त्यतिकै बस्न सकेनन्, फागुन १५ गते एक्कासी ओझा थापालाई फोन गरि नारायणस्थानमा भेट्न बोलाए, डाडागाउँमा भेट भएपछि गफ गर्दै शिवपुरी विष्णुद्धार तर्फ दुवै लागे, आपसी विवादकै क्रममा थापाले ओझामाथि पेटी प्रहार गरेका थिए, उनी ढलेपछि थापा ओझाको मोबाईल बोकेर कोठामै फर्किएका थिए, एसएसपी कार्कीले थापाको बयान उदृत गर्दै भने। 
 
मृत्यु भईसकेका ओझालाई शिवपुरी जंगलमा छाडेर कोठा फर्किएका थापा फागुन १६ गते पुन शिवपुरी ब्यारेकमा गएर बसे। एसएसपी कार्कीका अनुसार फागुन १७ गते विहान तीन बजे घटनास्थलमा ओझाको शव देखेपछि आफूसँग रहेको चक्कुले खाल्डो पारी ओझाको शव गाडेर विहान ६ बजे शिवपुरी ब्यारेक गई नेपालटार स्थित कोठामा पुगेका थिए। 
 
१७ गते नै न्युरोडमा माछापुछ्रे बैंकबाट थापाले ५० हजार रूपैंया निकाली पोखरा हुँदै बुटवल गई होटलमा वसेको थिए। महाशाखाले खोजतालसका क्रममा थापालाई बिहिबार रूपन्देहीको देवदह २ स्थित पेटवनियामा फेला पार्न सफल भएको हो। 
 
थापालाई बिहिबार पक्राउ गरी शुक्रबार विहान ल्याएर सोधपुछ गर्दा उनी आफैंले ओझाको हत्यापछि शव गाडेको स्थान र घटना विवरण सबै सुनाए, एसएसपी कार्कीले भने। 

0 टिप्पणियाँ

Write Down Your Responses