वेबसाइटबाट यौनजन्य व्यापार गरेको अभियोगमा पक्राउ

काठमाडौं— वेबसाइटबाट यौनजन्य व्यापार सञ्चालन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। यौन सम्पर्क र यौन आनन्दको लागि बिभिन्न प्रकारका एस्कर्ट (महिला)हरुलाई उपलब्ध गराउन सक्ने भनी अमूक आकर्षक महिलाहरुको फोटो राखी विभिन्न सेवाका बिभिन्न दररेटहरु समेत तोकी सम्पर्कका लागि इमेल ठेगाना र फोन नम्बर समेत उपलब्ध गराउने समूहका सरोज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
नेपालगन्ज स्थायी घर भइ कुसुन्ती वस्ने २८ वर्षीय चौधरीलाई प्रहरीले अश्लिल यौनजन्य व्यापारका लागि वेबसाइट खोलेको अभियोगमा पक्राउ गरेको जनाएको छ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। ललितपुर प्रहरीले उनलाई विद्युतीय कारोवार ऐन २०६३ बमोजिम आवश्यक कारवाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ।

0 टिप्पणियाँ

Write Down Your Responses