२२४ यात्रु रहेको टर्किस एयरलाइन्सको विमान काठमाडौँमा दुर्घटना

टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज ठुलो  दुर्घटनाबाट जोगिएको छ । दुई पटकको ल्यान्ड गर्ने प्रयास असफल भएपछि जहाज केही घन्टा आकासमै घुमेको थियो। बाक्लो हुस्सुले भिजिविलिटी कम भएपछि जहाजलाई अवतरण गर्न आरएनएभी अप्रोचबाट ल्यान्ड गर्ने प्रयास गरिएको थियो।बुधबार बिहान पौने ८ बजे काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा अवतरण गर्दै गर्दा टीके ७२६ फ्लाइटको विमान 'रन वे'बाट चिप्लिएको हो ।२२४ यात्रु रहेको जहाज दुर्घटनामा मानवीय क्षति नभएको विमानस्थल स्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ।  यात्रुरुलाई आपतकालीन ढोकाबाट निकालिएको थियो ।  जहाजमा सामान्य क्षति भएको छ ।

0 टिप्पणियाँ

Write Down Your Responses