जापानद्वारा जासुसी भूउपग्रहको प्रक्षेपण

जापानले एउटा जासुसी   भूउपग्रह प्रक्षेपण गरेको छ।यस उपग्रहमा रहेको राडारले बादल  र  अध्यारोको अबरोधका बावजुत  पनि पृथ्वीको सतहको उच्च गुणस्तरको तस्बिर खिच्न सक्षम भएको बताइएको छ। जापान एयरोस्पेस एक्सप्लोरेशन एजेंसी (जेएएक्सए) र मित्शुबिशी हेवी इंडस्ट्रीज लिमिटेडले कागोशिमा
 प्रांत को  तानेगाशिमा अंतरिक्ष केंद्र बाट एच-2ए रकेटको मद्दतले यो जासुसी उपग्रहलाई पठाएको छन् । यो उपग्रह २९ जनवरीमा  प्रक्षेपण गर्ने योजना थियो तर प्रतिकुल मौसमको कारणले  प्रक्षेपण गर्ने कार्यक्रम रोकिएको थियो । यो जासुसी उपग्रह राष्ट्रिय सुरक्षा सम्बन्धि सूचना संकलन गर्न र पृथ्वीको सतह निगरानी गर्नको लागि प्रयोग गर्न  सकिने बताइएको छ । बिशेषत: चीन र जापान देबैले दाबी गरेका विवादित टापुहरूमा चीनको सैनिक गतिबिधि बढ्न थालेपछि  चीनको सैनिक गतिविधि नियाल्न  यो उपग्रह प्रक्षेपण गरिएको ठानिएको छ। यधपि यस उपग्रहलाई आपातको समयमा सूचना संकलनको निम्ति प्रयोग गरिने बताइएको छ ।

0 टिप्पणियाँ

Write Down Your Responses