आजको दिन सम्म बनेका संसारको सबैभन्दा पाँच ठुला हवाईजहाज

संसारको सबैभन्दा पाँचौ ठुलो बिमान यूक्रेनमा बनेको Antonov  An-124 हो । यो बिमान कार्गोको लागि प्रयोग गरिन्छ र  यो बिमान संसारको सबै भन्दा दोश्रो उच्च भार बहन क्षमता भएको मानिन्छ ।


संसारको सबै भन्दा चौथो ठुलो विमान Boeing 747-400 ER हो। यो मोडेलको  बिमान संसारमा धेरै बिक्री हुने  बिमान हो । यो जहाजले इन्धन कम खपत गर्छ र यसको भार बहन क्षमता उच्च छ ।



संसारको सबैभन्दा ठुलो तेश्रो बिमान  Boeing 747-8 हो यसमा ४६७ सिटहरु छन्। यो जहाजले इन्धन कम खपत गर्छ र यसको भार बहन क्षमता उच्च छ। 


संसारको सबै भन्दा ठुलो दोश्रो बिमान  Airbus A380F हो र यसले 2005, April 23 मा पहिलो उडान भरेको थियो। यो हवाईजहाजमा ५२५ सिटहरु रहेका छन् र  यो दुइ तले  जहाज यात्रुबाहक बिमान मध्ये सबैभन्दा ठुलो हो। 

पहिलो स्थान जान्छ यूक्रेनमा बनेको Antonov An-225 Mriya ।जुन हवाईजहाजलाई आजको दिन सम्म सबै भन्दा ठुलो हवाई जहाज मानिन्छ । यो जहाजको पहिलो उडान 1988,  December २१ मा भएको थियो र यो जहाज सैनिक प्रयोजनको लागि बनाइएको हो खासमा यो Russian Space Shuttle बोक्नको लागि बनाइएको थियो  । यसमा ६ इन्जिन जडित छन् र यसले ६४० टन भन्दा बढी भार बहन गर्न सक्तछ ।अहिले एउटा मात्र Antonov An-225 संचालनमा रहेको छ।


























0 टिप्पणियाँ

Write Down Your Responses