बलिउडकी नेहा नेपाल घुम्दै
बलिउड अभिनेत्री नेहा धुपिया राजधानी आएकी छिन्। आफू घुमघामको सिलसिलामा नेपाल आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन्। आइतबार बिहान काठमाडौं आउनुअघि उनले इन्स्ट्राग्राममार्फत् नेपालयात्राबारे जानकारी गराएकी थिइन्।
बलिउड फिल्ममा थोरै देखिरहेकी नेहा ६ महिनाअघि मार्केटिङसम्बन्धी अन्तर्त्रि्कयात्मक कार्यक्रममा भाग लिन नेपाल आएकी थइन्। पछिल्लो समय भारतीय एनडिटिभी गुड टाइम्स्को कार्यक्रम किङफिसर सुपरमोडल–२ सिरिजकी सुपरमोडलहरुलाई उनले प्रशिक्षण दिएकी थिइन्।
सन् २००२ की फेमिना मिस इन्डिया नेहाले 'चुप चुप के', 'गरम मसला', 'दश कहानियाँ, 'सुटआउट एट लोखन्डवाला', 'एक्सन रिप्ले', 'सिंह इज किङ' र 'फाइट क्लब' लगायत फिल्ममा अभिनय गरेकी छन्।


0 टिप्पणियाँ
Write Down Your Responses