निजी विमान दुर्घटनामा चारको मृत्यु, बालिका जीवित

small plane
अमेरिकाको केन्टकीको वनक्षेत्रमा शुक्रबार एक निजी विमान दुर्घटना हुँदा त्यसमा यात्रा गरिरहेका चार व्यक्तिको मृत्युभएको छ। तर सात वर्षीया एक बालिका जीवितै रहेको प्रहरीले दिएको छ।
स्थानीयले टेलिफोनमा जानकारी दिएपछि प्रहरी दुर्घटनाप्रति सतर्क भएको उनीहरूको फेसबुकमा प्रकाशित विज्ञप्तिमा उल्लिखित छ। टेलिफोन गर्ने व्यक्तिले प्रहरीलाई सात वर्षीया एक बालिका हिँडेर उनको घरतर्फ गएको र उनी पनि विमान दुर्घटना परेको उनीहरूले देखेको केन्टकी राज्य प्रहरीका सर्जेन्ट डिन प्याटरसनले विज्ञप्तिमा उल्लेख गरेका छन् । यी बालिका तनावग्रस्त देखिएकी र उनलाई अस्पताल लैजाँदा उनको शरीरमा साना चोट रहेको समाचारमा उल्लेख छ। आपत्‌लीन सुरक्षाकर्मी घटनास्थलमा पुगेको र त्यहाँ सानो विमान दुर्घटनास्ग्रस्त अवस्थामा फेला पारेको बताइएको छ। अनुसन्धानकर्ताहरूले घटनास्थलमा चार व्यक्तिको शव फेला परेको बताएका छन्। उक्त विमानका चालक तथा बाँकी यात्रुको मृत्युभएको प्रहरीले उल्लेख गरेको छ।

0 टिप्पणियाँ

Write Down Your Responses