पूर्ववडाअध्यक्षले मालपोत प्रमुखलाई कालोमोसो दले
सार्वजनिक जग्गालाई व्यक्तिको नाममा दर्ता गरेपछि डिल्लीबजार मालपोत प्रमुख गोपाल गिरीलाई कालोमोसो दलिएको छ ।
काठमाडौं वडा नम्बर ४ का पूर्ववडाअध्यक्ष अच्युत सापकोटाको नेतृत्वमा गएको समूहले गिरीलाई सोमबार कालोमोसो दलेको हो । सापकोटालाई प्रहरी प्रभाग कमलपोखरीमा राखिएको छ ।
मालपोत प्रमुख गिरीले ५ रोपनी ११ आना सार्वजनिक जग्गा पूर्णबहादुर थापाको नाममा दर्ता गरेपछि स्थानीय मालपोत कार्यालय गएका थिए ।


0 टिप्पणियाँ
Write Down Your Responses