सडकमा आए प्रचण्डसँग लड्ने रघु पन्तको चेतावनी
नेकपा एमालेका पोलिटब्युरो सदस्य रघु पन्तले एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलिय मोर्चासँग सडकमा भिड्नुपर्ने बताएका छन् ।
एक अनलाइन पत्रिकामा आफ्नो दृष्टिकोण लेख्दै उनले यस्तो बताएका हुन् । संविधानसभामा जनताले कांग्रेस÷एमाले र राप्रपालाई जनमत दिएकोले संविधान जारी गर्न सभामुखले पहल गर्नपर्ने बताएका छन् भने सडकमा मत पाएकाहरुले नै मधेशी तथा पहिचानवादीहरुसँग भिड्नुपर्ने बताएका छन् ।
पन्त लेख्छन् ‘मिडियामा आएर काम गरेको देखाउने प्रवृत्तिले संविधान बनाउने लडाइँ जितिंदैन । हाम्रा सभासद्हरूले संविधानसभामा हाजिर पछि धर्ना बसेर अब संविधान बन्दैन, सभा चलेको बेला संविधानसभामा, नचलेको बेला जनतामा जानुपर्छ । खास गरेर युवा नेता र सभासद्हरूले मुख्य शहर र सदरमुकामहरूमा संयुक्त जनप्रदर्शन गर्नुपर्छ ।’
संविधानसभा र सडकको दुवै मोर्चामा जित्नका लागि आफ्ना पार्टीका युवाहरुले विशेष पहल गर्नुपर्ने समेत बताएका छन् । ‘दोस्रो संविधानसभा निर्वाचनमा तराईमा मधेशी दलहरूले भन्दा एमाले, कांग्रेस र राप्रपा नेपालले बढी मत पाएका थिए । एमाले र कांग्रेसका युवा नेताहरूले त्यो मत अनुसारको जनपरिचालनमा नेतृत्व लिनुपर्छ । सस्तो लोकप्रियता पाउन हैन, संविधान बनाउन लागिपर्ने बेला हो, यो ।’
सडक सघर्षमा समेत एमाओवादी अध्यक्ष तथा ३० दलिय मोर्चाका कमाण्डर प्रचण्डलाइ धुलो चटाउनुपर्ने उल्लेख गर्दै उनि लेख्छन् ‘सडक संघर्षमार्फत लोकतान्त्रिक संविधान विरुद्ध देशव्यापी दबाब उत्पन्न गर्न तम्सेका पुष्पकमल दाहालको पक्षमा जनता छैनन् भन्ने सन्देश सडकबाटै दिन पनि एमाले–कांग्रेसको युवा पहल जरूरी भएको छ । सडकको संघर्षमा पनि हारेपछि मात्रै दाहालको चेत खुल्नेछ ।’
पन्त नेकपा एमालेका प्रभावशालि नेता हुन् । प्रधानमन्त्री माधवकुमार नेपालका राजनीतिक सल्लाहाकार समेत थिए । माओवादी शक्तिसँग तितो सम्बन्ध बनाएका उनि एमालेभित्र नेपाल खेमाका रुपमा चिनिन्छन् । एमालेको पछिल्लो महाधिवेशनमा उप महासचिव तथा ललितपुर क्षेत्र नं. ३ बाट पछिल्लो संविधानसभामा पराजित पराजित भएका थिए ।


0 टिप्पणियाँ
Write Down Your Responses