महिलाको घाँटी रेटी हत्या
नरम गाविस - ९ मधुकोटकी ४५ वर्षीया रिमकला गाह मगरको आफनै घरमा पसल गरेर बस्ने २५ वर्षका झबिलाल गाहाले हत्या गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
महिला चौपाय चराउन जंगल गएको अवस्थामा झबिलालले हत्या गरेको अनुमान गाउँलेको छ । आइतबार राति उनको घरदेखिमाथि पर्ने गोठ नजिकमा घाँटी रेटेर हत्या भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीमा उजुर गरेका थिए ।
रातभरी प्रहरीले गाउँ घेराहालेर अनुसन्धान थालेको थियो । घटनाको १२ घण्टा नबित्दै अभियुक्त प्रक्राउ परेको नवलपरासीमा पहिलो घटना हो ।
स्थानीयको उजुरीको आधारमा घटना स्थलमा पुगेको प्रहरी निरीक्षक हरी बरुवालको टोलिले गाउँ घेराबन्दी गरेर छानबिन थालेको थियो । गाउँमै लुकेर बसेका अभियुक्तको कपडाभरी रगत देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अभियुक्त गाहले घरभेटिले सधैं पसल छोड भन्ने र घरभाडा बढाएको झोकमा हत्या गरेको बयान प्रहरीलाई दिएको छ । मृतका श्रीमान वैदेशिक रोजगारीकालागि विदेशमा छन् ।


0 टिप्पणियाँ
Write Down Your Responses