विवादबीच 'पीके'को कमाइ ३ सय करोड
आमिर खानको विवादास्पद फिल्म 'पीके'ले बलिउड इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ ।
फिल्मको विषयलाई लिएर धार्मिक समूह तथा संगठनले आपत्ति जनाएको पीकेले ३ सय करोड कमाएर नयाँ रेकर्ड कायम गरेको हो । 'पीके'ले यो सातामामात्रै २५ करोड कमाएको छ ।
बलिउडमा आमिरकै फिल्मले सबैभन्दा पहिले सयदेखि दुई सय करोड कमाएका थिए । उनको फिल्म 'गजनी'ले सबैभन्दा पहिले बलिउडमा सय करोड कमाएको थियो । आमिरकै 'थ्री इडियट्स'ले २ सय करोड कमाएर करोड क्लवमा प्रवेश गरेको थियो ।
फिल्म समीक्षक तरन आदर्शले ३ सय करोड भारु कमाएर 'पीके'ले नयाँ रेकर्ड बनाएको बताएका छन् ।


0 टिप्पणियाँ
Write Down Your Responses