परोपकारी क्षेत्रमा घलेद्वारा १ अर्ब घोषणा

गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले परोपकारी क्षेत्रमा १ अर्ब रुपैया खर्च गर्ने घोषणा गरेका छन् । उक्त रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्रै खर्च गर्ने घलेले पत्रकार सम्मेलन गरि घोषणा गरेका हुन् । घले दम्पती संस्थापक रहेको एमआईटि ग्रुप फाउन्डेशनद्वारा कोष सञ्चालन हुने छ ।
उक्त रकम नेपालका दुर्गम गाउँका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने, विद्यालयलाई पुस्तकालय स्थापनाका लागि शिक्षण सामागि्र, स्रोत साधन, र तालिमका लागि समेत सहयोग उपलब्ध गराउने फाउन्डेशनले जनाएको छ ।

0 टिप्पणियाँ

Write Down Your Responses