शिशु बेवारिसे छाडेर आमा गायब
आफ्नै शिशु बेवारिसे छाडेर आमा गायब भएकी छन्। नेपालगन्जस्थित पासाङ ल्हामुमार्गमा रहेको एक होटलमा अपरिचित महिला ११ दिनकी छोरी छाडेर भागेकी हुन्। बेवारिसे शिशु देखेपछि होटल सञ्चालक र स्थानीयले महिला तथा बालबालिका कार्यालयमा खबर गरेका थिए। कर्मचारी र प्रहरीले उद्धारपछि शिशुलाई भेरी अञ्चल अस्पतालको एनआइसियु कक्षमा राखेको छ।
यसैबीच प्रहरीले बेवारिसे शिशु छाड्ने महिलाको पहिचान भइसकेको बताएको छ। बर्दिया, धधवार निवासी थारु समुदायकी महिलाले नवजात शिशु छाडेको प्रहरीले जनाएको छ। अवैध गर्व बोकेर ती महिला केही दिनअघि बाँके, परस्पुरस्थित जानकी बाल्मिकीको घरमा आएकी थिइन्। बाल्मिकीकै सहयोगमा उनलाई १० दिनअघि अस्पताल पुर्याबएर सुत्केरी गराइएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि पनि ती महिला पुनः बाल्मिकीकै घरमै बस्ने गरेकी थिइन्।
साभार: नागरिक न्युज


0 टिप्पणियाँ
Write Down Your Responses