सडकमा भेटिएको ३० लाखको रिचार्ज कार्ड एक व्यक्तिले फिर्ता गरे

दाङको तुलसीपुरका एक गाडीका धनीले पूर्वपश्चिम राजमार्गमा फेला पारेको ३० लाख ३० हजार मूल्य बराबरको सामान सम्बन्धित व्यक्तिलाई फर्काएका छन्। ना ५ ख ५२५९ नम्बरका गाडीधनी इन्द्रबहादुर शाहले पुस २५ गते पूर्वपश्चिम राजमार्गको चन्द्रौटामा फेला पारेको एनसेलका दुई कार्टुन रिचार्ज कार्ड सम्बन्धित व्यक्तिलाई तुलसीपुरमा बोलाएर शनिबार जिम्मा लगाएका हुन । गाडीधनी शाह पुस २५ गते काठमाडौंबाट दाङको तुलसीपुर आउँदै गर्दा उक्त रिचार्ज कार्ड राजमार्गको चन्द्रौटा मोडमा फेला पारेका थिए । जिसन ट्रेड लिंक नेपालगञ्ज बाँकेमा आफैंले फोन गरी जानकारी गराएको शाहले बताए । कार्टुनमा फेला रिचार्ज कार्डको मूल्य ३० लाख ३० हजार उल्लेख गरिएको देखेपछि मानवीयताको नाताले सम्बन्धित धनी खोज्न थालेको उनले बताए । कार्यक्रममा जिसन टे«ड लिंक नेपालगञ्जका मध्यपश्चिम प्रतिनिधि अब्दुल रमजानले सामान फेला पारी फिर्ता गरेकोमा शाहलाई धन्यवाद दिएका थिए । शाहजस्ता इमान्दार व्यक्तिकै कारण समाजमा विश्वास र भाइचारा स्थापित भइरहेको छ’। उनले भने, ‘यस्ता उदाहरणीय र ठूलो मन भएका शाहहरु सबैतिर भइदिए समाजमा एकअर्काप्रति विश्वास पैदा हुनेथियो ।’

0 टिप्पणियाँ

Write Down Your Responses