जिग्रीले रक्षासंग राखे बिहे प्रस्ताव

म्याग्दी र कालीगण्डकीको दोभाननजिक खुल्लामंचबाट कुमार कट्टेल (जिग्री) ले रक्षासंग बिहे प्रस्ताव गरेका छन्  । पाँचौ म्याग्दी महोत्सव एवं माघे संक्रान्ति तथा कृषि औधोगिक ब्यापार  मेलामा पुगेका जिग्रीले आफु नेपाली सेनामा भर्ति भएर भए पनि रक्षासंग बिहे गर्ने भन्दै  त्यसका लागि सहयोग गर्न अर्जुन घिमिरे (पाण्डे)लाई अनुरोध समेत गरे ।
म्याग्दी र कालिगण्डकीको दोभान नजिक अवस्थित खुल्लामंचमा  खचाखच भरिएका दर्शकलाई  सुनाउदै जिग्रिले नर्स , शिक्षक , कलाकार ,लाहुरेको छोरी भन्दा रक्षा नै राम्रो भएको बताउँदा खुल्लामंच हाँसोले गुन्जिएको थियो । देशमा सुरक्षाको स्थिति नाजुक भैरहेको अवस्थालाई व्यंग्य गर्दै जिग्रिले रक्षासंग बिहे गर्ने रहर गर्दा दर्शकले समर्थन गर्दै ताली बजाएका थिए । टेलिभिजनमा नियमित हेर्ने भद्रगोल समुहको प्रहसन हेर्न बालबालिकादेखि बृद्धबृद्धासम्म खुल्लामंच पुगेका थिए । च्यातिएको कोट, टालेको दौरासुरुवाल  र झुसेदाह्रीमा देखिएका पाण्डेले केहीबेर एकल व्यंग्य प्रस्तुत गर्दै नेपालका राजनीतिक दललाई गाली गर्दै आफुले बनाएको राष्ट्रिय गान गाए । उनले म: म: को बिषयमा व्यंग्य गरिरहँदा मन्चमा क्रिकेट ब्याटसहित  कुमार कट्टेल (जिग्री)को प्रवेश भयो। त्यस पछि दुबैले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा खेलिरहेका नेपाली खेलाडीलाई प्रोत्साहन गर्न भन्दै खुल्लामंचमा क्रिकेट खेलेका थिए ।
सोहीक्रममा पाण्डेले क्रिकेट खेलाडी सबै चिन्छु भन्दै धमाधम राजनीतिक दलका नेताको नाम लिन थालेपछि जिग्रीले त्यसको प्रतिवाद गर्दै क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्ल र पारस हुन् भन्नासाथ सबै हाँसेका थिए । क्रिकेटमा अम्पायरको भूमिकामा देखिएका सुवास कार्की (बेलासे)ले पनि तनावै तनाव छ, गोजीमा दुई रुपैया छैन भन्दै दर्शक हँसाएका थिए ।                                                                                              

                                                                                                                                                             स्रोत: नागरिकन्युज

0 टिप्पणियाँ

Write Down Your Responses