भारतको के. पी. ओलीप्रति तीव्र आक्रोश - ओलीलाई प्रधानमन्त्री हुन नदिने संकेत
काठमाडौं: भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग सोमबारको भेटघाटमा भारत सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति तीव्र आक्रोश व्यक्त गरेको छ।
स्रोतका अनुसार विदेश मन्त्रालयका सहसचिव तथा नेपाल प्रभारी अभय ठाकुरले 'ओलीले भारतको विरोधमा भाषण गर्दैमा समस्याको समाधान नहुने' आक्रोशपूर्ण अभिव्यक्ति राजदूत उपाध्यायलाई सुनाएका थिए। ओलीकै प्रसंगसँग जोड्दै राजदूत उपाध्यायले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) समाचार एजेन्सीमार्फत दिएको अन्तर्वार्ताप्रति पनि ठाकुरले असन्तुष्टि जनाएका थिए।
नेता ओलीले नेपालीले संविधान बनाउँदा भारत बेखुसी हुनुपर्ने कुनै कारण नभएको अभिव्यक्ति दिँदै आएका छन्। भारतस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पठाइएका विभिन्न प्रतिवेदनमा भारतको आक्रोश र तिक्तता बढेको तथा नाकाबन्दी तत्काल नखुल्ने स्पष्ट संकेत उल्लेख गरिएको छ।


0 टिप्पणियाँ
Write Down Your Responses