चीनसँगको नाका खुल्ने संकेत देखेपछि भारतले नाकाबन्दी खुलाउने संकेत र भन्यो:नेपाल र भारत युगौँदेखिको असल मित्र

चीनसँगको  नाका खुल्ने संकेत देखे पछि नेपाल र भारत युगौँदेखिको असल मित्र रहेको भनाइ राख्दै भारतले आफ्नो  सम्पूर्ण नाका खुल्ला गर्ने संकेत दिएको छ।
नेपालको नयाँ संबिधान प्रति असहमति जनाउदै  सिमा क्षेत्रमा बढेको असुरक्षा र आन्दोलनलाई कारण देखाउँदै भारतले एक सातायता गरेको नाकाबन्दी खुलाउन भारत सरकारले संकेत दिएको छ ।नेपालले चीनसँगको तातोपानी नाका जोड्ने प्रयास गरिरहेका बेला भारतीय पक्षबाट यस्तो प्रतिक्रिया आएको हो । भारतीय गृहमन्त्री राजनाथसिंहले प्रधानमन्त्री सुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर सिमानामा देखिएको समस्या समाधानको दिशातर्फ अघि बढ्न आग्रह गरेका छन् । टेलिफोन कुराकानीका क्रममा राजनाथले दुबै नेतालाई नेपाल र भारत युगौँदेखिको असल मित्र रहेको र सधैँ रहिरहने बताएका थिए । नेपालले चीनसँगको तातोपानी नाका खुलाउन लागिरहेको  बेला भारतीय पक्षबाट यस्तो प्रतिक्रिया आएको हो । चीनबाट नेपालले पेट्रोल ल्याउने तथा तातोपानी र रसुवागढी नाका खुलाउन हरसम्भव प्रयत्न गर्नेजस्ता समाचार आएपछि बिहीबारदेखि दिल्लीस्थित गृह मन्त्रालयले नाकाबन्दीको वस्तुस्थिति पहिल्याउन सीमावर्ती नाकाका सम्बद्ध निकायहरूसँग परामर्श थालेको थियो, त्यसैको परिणामस्वरूप सकारात्मक परिणाम आउन लागेको हो  ।चीनमा नेपालमा अत्यावश्यक सामान र पेट्रोलियम पदार्थ ढुवानीको लागी ४०० भन्दा बढी ट्रक लाइनमा रहेका बताइएको छ।

0 टिप्पणियाँ

Write Down Your Responses