भारतको निर्देशनमा आन्दोलनरत मधेसी दलहरुले सुशील कोइरालालाई सघाउने

संविधान निर्माणका लागि १६ बुँदे सहमतिका क्रममा चार दलबीच राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतका पदमा भएको  भद्र सहमति बिरुद्ध नेपाली कांग्रेसले प्रधानमन्त्रीमा सुशील कोइरालालाई उम्मेदार बनाउनुमा भारतको ठुलो हात रहेको बताइएको छ।भारतले ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने योजना बनाएको बुझिएको छ। स्रोतका अनुसार शुक्रबार राति प्रधानमन्त्री कोइराला र भारतीय राजदूत रणजित रायबीच पटक–पटक गोप्य  संवाद भए पछि कोइरालाले प्रधानमन्त्रीमा उम्मेदारी दिएका हुन् ।यसै बीच पार्टी प्रवक्ता दिलेन्द्र बडु, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, मिनेन्द्र रिजाल, दिलबहादुर घर्तीलगायतले ओली कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने र बन्न नदिने  भन्दै कोइरालालाई उम्मेदवार बन्न निरन्तर दबाब दिएका  थिए।पछिल्लो जानकारी अनुसार भारतको निर्देशनमा आन्दोलनरत मधेसी दलहरु प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी हुने र सुशील कोइरालालाई सघाउने बताइएको छ।

0 टिप्पणियाँ

Write Down Your Responses