एक बालिकाको खोजीको लागी १ अर्ब ६८ करोड भन्दा बढी नेपाली रुपैया बराबर खर्च

एक ब्रिटिस किशोरी जो लगभग एक दशक अगाडी रहस्यमय तरिकाले हराएकी थिईन। उनको खोजीमा ब्रिटिस सरकारले अहिले सम्म १ अर्ब ६८ करोड भन्दा बढी नेपाली रुपैया बराबर खर्च गरिसकेको जनाएको छ र यो अझ बढ्न सक्ने जनाइएको छ। थप खोजबिनका लागि  ३२ करोड ५५ लाख भन्दा बढी छुट्टाएको गृह मन्त्रालयको एक अधिकारीले जनाएका छन्। Madeleine McCann नाम गरेकी किशोरी पोर्चुगलको एक रिसोर्टको अपार्टमन्ट बाट सन् २००७ को मे ३ देखि हराईरहेकी छिन्। उनकी आमाबाबु उनलाई र अरु दुइ बच्चालाई रिसोर्टको कोठामा सुताएर नजिकैको तपस नाम गरेको रेस्टुरेन्टमा साथीभाइ संग खान गएका थिए।उनीहरु रेस्टुरेन्टबाट फर्कदा बालिका कोठामा थिईनन्।   उनी अझै पनि जीवित रहेको हुन सक्ने  विश्वास गरिएको छ।

0 टिप्पणियाँ

Write Down Your Responses