रामेछापमा बस दुर्घटना, सातको मृत्यु

काठमाडौं :  रामेछापमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना भएको छ ।
ना ४ ख ५२४८ नम्बरको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।
 ७० जना भन्दा बढी यात्रु सवार रहेको बस सदरमुकामबाट करिब २५ किलोमिटर पुर्व स्थित गैराकोट भन्ने स्थानमा भिरबाट खसेको प्रहरीले जनाएको छ ।
पुरानो बस र क्षमताभन्दा बढी यात्रु बोकेको कारण दुर्घटना भएको अनुमान गरिएको छ । घाइतेको उद्धारको लागि उद्धार टोली र ४ वटा एम्बुलेन्स घटनास्थलमा गएको पनि बताइएको छ ।

0 टिप्पणियाँ

Write Down Your Responses