भारतको सहयोगले तराईमा हिंसात्मक घटना - नारायणमान बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले साथ दिए सम्म तराईको आन्दोलन चलिरहने दाबी गरेका छन् ।बिजुक्छेले भने ‘भारतको सहयोगले नै तराईमा हिंसात्मक घटना भएका हुन्’ । भैरहवामा केहि दिन अगाडि भएको घटनामा पनि भारतकै हात रहेको बिजुक्छेले दाबी गरेका छन् ।

भारतीय विषेश दूत शिवशंकर नेपाल आएर हप्काउदा राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री शुसिल कोइरालाले आफ्नो हैसियत भुलेको उनले बताए । उनले भने ‘भारतले नेपाललाई कहिल्यै पनि स्वतन्त्र र सार्वभौम राष्ट्र नमान्ने भएकाले पटक पटक अनावश्यक कुरामा दबाब दिने गर्छ, तर यो हामीलाई मान्य छैन ।
भारतले चाहदैमा नेपालमा सिक्कीम र भुटान नहुने भन्दै उनले भने ‘भारत हाम्रो छिमेकी हो छिमेकीको हैसियतमा रहोस्’ । नेपालको हरेक निकायमा भारत भक्त व्यक्तिहरु भएकाले राष्ट्र प्रति घात हुने क्रियाकलाप हुने गरेको बिजुक्छेको भनाई छ।

नेपाल प्रहरी, शस्शत्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमका उच्च तहका अधिकृत समेत भारत प्रति बफादार भएको आरोप लगाएका छन् । भारत निकट शस्शत्र प्रहरीको उच्च अधिकारीको कारणले कैलाली घटना भएको भन्दै उक्त घटनाको लागि जिम्मेवार सबैलाई कारवाही गर्न बिजुक्छेले सरकार समक्ष आग्रह समेत गरे ।

नेपालका केहि ठुला संञ्चार माध्यमका माथिल्लो तहका व्यक्तिहरुले भारतको गाथा गाएर समाचारहरु प्रकाशित गर्ने गरेकाले जनतामा भ्रम पार्ने गरेको समेत बिजुक्छेले आरोप लगाए ।नेपाल मजदुर किसान पार्टीको अहिलेको संविधानको ७१ बुदाँमा असमति जनाउदै आफ्ना पार्टीका सभासद हस्ताक्षर गरेको बताए ।

समचार स्रोत: रातोपाटी




0 टिप्पणियाँ

Write Down Your Responses