बुहारीले आफ्नै सासुलाई बेचिन्

काठमाडौं – भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका नेपाली महिलालाई आफ्नै बुहारीले बिक्री गरेको खुलेको छ ।
प्रहरीले मंगलबार एक लाखमा बिक्री गर्ने कल्पना परियारलाई पक्राउ गरेको छ । परियार बलात्कारमा परेकी एक ५० वर्षीया महिलाकी आफ्नै बुहारी हुन् ।
साउदी अरबमा आकर्षक तलबमा हाउसमेडको जागिर लगाइदिने भन्दै परियारले आफ्नै सासुआमा र अर्की एक महिलालाई साउदी दूतावासका कर्मचारीलाई बिक्री गरेकी थिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 टिप्पणियाँ

Write Down Your Responses