३५ मधेसी नेता भागेर विहार पुगे

स्थानीय प्रशासनबाट असुरक्षित भएको भन्दै महोत्तरीका मधेसी नेताको भागाभाग परेको छ ।मधेशी नेताको घरघरमा स्थानीय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरी पक्राउ गर्ने र मुद्दा चलाउने कार्यलाई अगाडि बढाएको छ । सोही कारण मधेसी नेताको भागा भाग्नु परेको अनुमान गरिएको छ । महोत्तरीका ३५ मधेसी नेता भारतको बिहार राज्यअन्तर्गतको मधुवनी जिल्लाको मधवापुरमा गएर बसेका छन् ।
भारत पलायन हुनेमा तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्मा, सद्भावना पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादव, महामन्त्री देवेन्द्र यादव, लालबाबु यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र यादव, केन्द्रीय सदस्य सुरेश पाण्डे, केन्द्रीय उपाध्यक्ष रानी शर्मा, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय, केन्द्रीय सदस्य कृष्णशङ्कर साह, पूर्व मन्त्री हरिनारायण यादव, पूर्व सभासद कौशल यादव लगायत छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले र प्रहरी उपरीक्षक शौरभ राणाले नेताहरु भारत पलायन भएको थाहा नभएको र नेताहरुलाई पक्राउ गर्ने त्यस्तो कुनै निर्णय नभएको प्रस्ट्याएका छन् । संविधान निर्माण पक्रिया सुरुभएपछि मधेसमा फेरि अर्को नाटक सुरु भएको विश्लेषकहरुको टिप्पणी छ ।

0 टिप्पणियाँ

Write Down Your Responses