राष्ट्रपति र सभासद्बीच चर्काचर्की
ओखलढुंगा, जेष्ठ २९ - भूकम्पबाट भएको क्षतिपछि राहत र पुर्नस्थापनाको अवस्था बुझ्न जिल्ला अनुगमनमा आएका राष्ट्रपति रामवरण यादव र एमाले सभासद् यज्ञराज सुनुवारबीच शुक्रबार ओखलढुंगा सदरमुकाममा चर्काचर्की भएको छ । राजनीतिक दलका प्रतिनिधिले जिल्लाको अवस्थाबारे बोले लगत्तै आफूले पनि थोरै बोल्न अनुरोध गरेका सभासद् सुनुवारलाई राष्ट्रपति यादव बोल्न रोकेपछि दोहोरो चर्काचर्की भएको हो । नेपाली सेनाले जिल्लाको अवस्था ब्रिफिङ गरिसकेपछि जिल्लास्थित दलका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए । त्यसपछि वनमन्त्री महेश आचार्यले नेपाल सरकारका तर्फबाट बोले । सभासद् तथा एमाले केन्द्रिय सदस्य सुनुवारले आफूले पनि केही कुरा राख्न चाहेको अनुरोध गरेपनि राष्ट्रपति यादवले रोकेका थिए । 'पार्टीका नेताहरुबाट कुरा सुनिसकेकोले तपाईले किन बोल्नु', यादवले भनेका थिए । सभासद् सुनुवारले समेत 'तपाई आउँदा पनि छापामार शैलीमा आउनुभयो । अहिले एउटा कुरा राख्छु भन्दा पनि सुन्न नमान्ने' भन्दै कर्किए । निकैबेरको विवाद भएपछि राष्ट्रपति यादवले बोलेका थिए । बोल्ने क्रममा यादवले राष्ट्रपति भएको सातवर्ष बित्दा पहिलो पटक आफूलाई कुनै सभासद्को व्यवहारले दुःख लागेको बताए । राष्ट्रको प्रमुख आउने कार्यक्रमबारे खास पार्टी र व्यक्तिबाहेकलाई जानकारी दिइएन’, पत्रकारसँग प्रतिक्रिया दि“दै सभासद् सुनुवारले भने, ‘राष्ट्रपतिले नेताको मात्रै कुरा सुन्ने हो भने केन्द्रमै बसेर नेताको कुरा सुने भै गो नि । जिल्ला घुमेर राज्यको ढुकुटी किन खर्च गर्ने ?’
साभार: ईकान्तिपुर


0 टिप्पणियाँ
Write Down Your Responses